औचित्यहिन बन्यो अख्तियारको समानान्तर जनलोकपाल

जनकपुरधाम । सरकारलाई काउन्टर दिन मधेश प्रदेश सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सामानान्तर संस्थाको रुपमा गठन गरेको जनलोकपाल आयोग औचित्यहीन बन्न पुगेको छ ।
जनलोकपाल आयोग गठन भएको एक वर्षमा कर्मचारी र कार्यकर्ता पाल्ने बाहेक केही काम गर्न नसकेको आरोप प्रतिपक्षी दलको रहेको छ । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश सरकार जनलोकपाल मात्र होइन अन्य आयोग र समितिहरु पनि कार्यकर्ता पाल्ने उद्देश्यले नै गठन गरेको आरोप लगाएका छन ।
‘प्रदेश सरकारले आफ्ना भ्रष्टाचार लुकाउन अख्तियारको सामानान्तर संस्थाको रुपमा जनलोकपाल आयोग त गठन गरियो तर औचित्यहीन बन्न पुग्यो,’ उनले भने, ‘जसको प्रत्यक्ष प्रमाण अख्तियारले साइकल खरीद प्रकरणमा मुख्यमन्त्री कार्यालयबाट सम्पूर्ण फाइल उठाएर लग्यो तर न त सरकार केही गर्न सके न जनलोकपालले नै केही गर्न सके ।’
जनलोकपालमा एक वर्षको अवधिमा १८ वटा उजुरी दर्ता भएको छ । तर उजुरीहरुमा कुनै सुनुवाई नभई फाइलमै थन्किएको छ । जनलोकपालका पदाधिकारी र कर्मचारीहरु तलब भत्ता खाएपनि जनशक्ति आभाव बताएर पन्छिदै आएका छन् ।
प्रदेशको गौरवको आयोजना भनिएको बेटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत साइकल वितरणमा भएको भ्रष्टाचारले प्रष्ट हुन्छ कि प्रदेश सरकारले आफ्नो भ्रष्टाचार ढाकछोप गर्न जनलोकपाल गठन गरेको थियो । ढालको रुपमा प्रयोग गर्ने उद्देश्यले खोलिएको ती जनलोकपाल हुँदाहुँदै अख्तियारले साइकल वितरण प्रकरणमा फाइल लिएर सचिव सहित ८ जना विरुद्ध १० करोड विगो सहित ८ जनामाथि मुद्दा समेत दायर गरी सकेको छ ।
अख्तियारले मुख्यमन्त्री आफैले भुक्तानी टिप्पणी सदर गरेका फाइल लुकाएको आरोप लगाएको छ । फाइल लुकाएको कुरा सार्वजनिक भएपछि मुख्यमन्त्री राउतले नै आफू फस्ने डरले फाइल गायब गरेको आरोप लाग्न थालेको हो ।
जनलोकपाल आयोगले गत आर्थिक वर्षमा कुनै कामै नगरी ४ करोड रुपैया सवारी साधन र तलब भत्ता लगायतमा सिध्याए । प्रदेश सरकारलाई आयोगलाई झण्डै ७ करोड रुपैया बजेट निकासा गरेकोमा काम गर्न नसक्दा साढे ३ करोड फ्रिज गराए । जनलोकपालले ४ वटा किनेको गाडी मध्ये अध्यक्ष रामसहाय यादव र कार्यालय प्रमुख दानीकान्त बाहेक दुई जना सदस्यविरुद्ध गाडी सुविधा लिन नपाउने भनी उजुरी नै परेपछि विवादित बनेको छ ।
आयोगका अध्यक्ष रामसहाय यादवले गत वर्ष १८ वटा उजुरी परेकोमा जनशक्तिको अभाव रहेका कारण अनुसन्धान पुरा गर्न नसकेको बताए । उनले भने ‘जहाँसम्म बजेट फ्रिजको कुरा त्यो कार्यालय प्रमुख दानीकान्त झाको कमीकमजोरीको हुन गएको हो ।’

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया