यस वर्षको जगम्दबा श्री श्रेष्ठ र मदन पुरस्कार लम्साललाई

काठमाडौं- यस वर्षको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित हुने 'उदय'का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । यस्तै मदन पुरस्कार नवराज लम्सालको महाकाव्य 'अग्नि'लाई प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ ।
८२ वर्षीय श्रेष्ठ कथा, कविता, निबन्ध, उपन्यास र समालोचनामा कलम चलाउँदै आएका छन् ।
मदन पुरस्कार गुठीको शनिबार बसेको बैठकले श्रेष्ठलाई जगदम्बा श्री र लम्सालको कृतिको प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि गुठीले २०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये पुरस्कारको प्रतिस्पर्धामा रहेका श्रेष्ठ आठ पुस्तकको सूची सार्वजनिक गरेको थियो । जसमा लम्सालको अग्नि‚ दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास‚ वसन्त बस्नेतको महाभारा‚ दीपा मेवाहाङ राईको यादको सन्दुक‚ नारायण पौडेलको लिच्छवि लिपि‚ नीलमणि ढुङ्गनाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश‚ सुजित मैनालीको सतीः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका थिए ।

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

प्रतिक्रिया