बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

संघीय निजामती सेवा ऐन पास नगर्न कर्मचारी युनियनको चेतावनी

काठमाडौं : नेपाल निजामती कर्मचारी युनियन(संघ)ले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसद्‍मा पुगेको संघीय निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक रहेकाले पास नगर्न चेतावनी दिएको छ । मंगलबार नेपाल निजामती कर्मचारी युनियन(संघ) को राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ बाट पारित काठमाडौं घोषणा पत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले संघीय निजामती सेवा ऐनमा लोकतन्त्र विरोधी रहेको बताए । 

ऐनले संविधानलाई नै उलङ्घन गरेको तथा कर्मचारीहरूको सेवासुविधा, वृत्तिविकासलगायतका विषयमा अलोकतान्त्रिक तवरले तानाशाही व्यवस्था कायम गरिएको भन्दै सो ऐन पास भए कर्मचारीहरू आन्दोलनमा उत्रिने बताए । राष्ट्रिय भेलाले ऐनको विरुद्धमा देशव्यापी रूपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

सरकारले निजामती प्रशासनलाई विघटन गरेर आफू अनुकुलका कर्मचारीहरूलाई करारमा नियुक्त गर्ने चेष्टा गरेको अध्यक्ष पोखरेलले बताए । नेपाल निजामती कर्मचारी युनियन(संघ) का उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामती सेवा ऐनले ट्रेड युनियनको अधिकारलाई हनन गरेको बताए । श्रेणीविहिन कर्मचारीको वृत्तिविकासको व्यवस्थालाई कुण्ठित गरिएको पनि उनले बताए । करार कर्मचारीहरूलाई स्थायी बनाउनुपर्ने आफूहरूको मागको सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण पनि गराए ।

सरकार नायब सुब्बाको वृत्ति विकास र बढुवामा गम्भीर नभएको पनि उपाध्यक्ष कटुवालले बताए । ट्रेड युनियनको अधिकारको निम्ति नेपाल निजामती कर्मचारी युनियन(संघ)ले जस्तोसुकै आन्दोलन गर्न तयार रहेको पनि बताए ।

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उपराष्ट्रपति यादव

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य १५ निर्णय

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे