गजल एल्बम ‘शुभेच्छा’ सार्वजनिक

काठमाडौँ - गजलकार घनेन्द्र ओझाका रचनाहरू र सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको गजल एल्बम ‘शुभेच्छा’ सार्वजनिक गरिएको छ । शनिबार १५७औँ मोतीजयन्तीको अवसरमा अनाममण्डलीले आयोजना गरेको कार्यक्रममा उक्त एल्बमको लोकार्पण गरिएको हो ।
नेपाली गजल सङ्गीतमा आउने क्रम क्रमशः बढिरहेको बताउँदै गजलकार करुण थापाले लामो समयदेखि गजल लेखन, अभियान र समालोचनामा सक्रिय घनेन्द्रले बहरका मात्र गजलहरूको एल्बम तयार पारेर नेपाली गजलका क्षेत्रमा उल्लेख्य कार्य गरेको बताए ।
एल्बममा पहिलो पुस्ताबाट ज्ञानु राणा, दोस्रो पुस्ताबाट आनन्द कार्की, तेस्रो पुस्ताबाट शिव परियार, निशा देशार र सन्तोष श्रेष्ठ तथा चौथो पुस्ताबाट अस्मिता अधिकारीको स्वर समेटिएको छ । एल्बम कामना डिजिटल प्रालिले ल्याएको हो ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया