भारतको शेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं : भारतको शेयर बजारमा आज नयाँ रेकर्ड कायम भएको छ । भारतमा निफ्टी ५० इण्डेक्स पुनः १२,००० बिन्दूमा आइपुगेको छ । कोरोना भाइरस महामारीका कारण विश्वभर अनिश्चितता फैलिरहेका बेला भारतीय सेयर बजार भने अक्टोबर महिनामा ३.५ प्रतिशतले बढेको छ । भारतीय शेयर बजारमा विदेशी संस्थागत लगानीकर्ताहरु पुनः फर्कने क्रम शुरु भएको छ । पछिल्लो महिनामा साढे २ अर्ब अमेरिकी डलर लगानी भारतीय शेयर बजारमा भित्रिएका छन् ।
निजी बैंक, सिमेन्ट, गैर बैंकिङ वित्तिय संस्थाहरु, प्रविधि र जनउपयोगी क्षेत्रका कम्पनीको शेयर मूल्य बढेको छ । मोतीलाल ओस्वाल फाइनान्सियल सर्भिसेसका अनुसार, पछिल्लो एक वर्षमा स्वास्थ्य सेवा, प्रविधि, सिमेन्ट क्षेत्रको शेयर मूल्य क्रमशः ४३ प्रतिशत, ३६ प्रतिशत र १५ प्रतिशतले बढेको छ ।
अमेरिका, बेलायत, रुस, कोरिया, जापानको सेयर बजारमा ९ प्रतिशतसम्म गिरावट आउँदा भारतको सेयर बजार भने बढेको छ । पछिल्लो एक वर्षमा भारतीय सेयर बजार पुँजीकरण ९ प्रतिशतले वृद्धि ७,३०० अर्ब अमेरिकी डलर पुगेको छ ।
कोभिडविरुध्द अमेरिकी कम्पनी फाइजर र जर्मनीको बायोएन्टेकले संयुक्तरुपमा खोप विकास गरेको समाचारको सरकारात्मक प्रभाव भारतीय शेयर बजारमा देखिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया