बुधबार २८ जेठ, २०८२
Wednesday, June 11, 2025

विद्यार्थी बेहोस हुन थालेपछि बागलुङका विद्यालय बन्द

बाग्लुङ - बाग्लुङमा विद्यार्थी बेहोस हुन थालेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । बाग्लुङ–बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो ।

प्रधानाध्यापक देवीदत्त पौडेलका अनुसार विद्यार्थीहरू चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बर्बराउने जस्ता कार्यगरी बेहोस हुन थाले पछि विद्यालय बन्द गर्नु परेको हो ।