महानगरको नगर प्रहरी प्रमुखबाट हटाइएका सापकोटा के गर्दैछन् ?

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुखबाट हटाइएका धनपती सापकोटालाई प्रशासनमा विभागमा लगिएको छ । केही दिन अघिमात्र महानगरले उनलाई नगर प्रहरी प्रमुखबाट हटाउने निर्णय गरेको थियो ।
प्रशासन विभागमा निश्चित समयका लागि महानगरभित्रका जुनसुकै तहका कर्मचारीलाई राख्ने व्यवस्था छ । महानगर स्रोतका अनुसार कानुन जारी नभएकाले समय तोकिएको छैन । तीन महिनासम्म प्रशासनमा कर्मचारीलाई राख्न अहिलेको विद्यमान कानुनले दिएको छ ।
महानगरको कर्मचारीलाई प्रशासन विभागमा लगेर राख्न कुनै पनि जिम्मेवारी दिइ राख्नु नपर्ने व्यवस्था छ । महानगरले सापकोटालाई प्रमुखबाट हटाएपछि नगर प्रहरी बलको प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले पाइसकेका छन् ।
भदौ २ गतेको निर्णयले उनलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो । पाण्डेले जिम्मेवारी सम्हालेपछि गैरकानूनी रुपमा निर्माण भएको संरचना हटाउने कार्यलाई महानगरले तीव्रता दिएको छ ।
जिम्मेवारी सम्हालेलगत्तै उनी नगर प्रमुख बालेन्द्र शाहसँग सहरी सुव्यवस्थापनका लागि निरन्तर खटिरहेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया