पाकिस्तानमा बाढीको कहरः अन्तर्राष्ट्रिय सहयोगका लागि सरकारको अपिल

इस्लामाबाद- बाढीले देशैभर विनाश गरेपछि पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।
अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्सलगायतका देशले इस्लामाबादलाई सहयोग गरेका छन् । तर, बाढीग्रस्त पाकिस्तानलाई अझै धेरै सहयोग आवश्यक परेको गृह मन्त्रालयले जनाएको छ । बाढीका कारण १ हजारभन्दा बढी मानिस विस्थापित भएको मन्त्रालयका अधिकारी सलमान सुफीले बीबीसीलाई बताए ।
पाकिस्तानको सरकारले जनतालाई मद्दत गर्न सम्भाव्य सबै कदम चालेको उनले बताए । देशको उत्तर-पश्चिममा, खैबर पख्तुनख्वा प्रान्तमा नदीको प्रवाह बढेपछि हजारौँ मानिसहरू विस्थापित भएका छन् ।
‘हामीले वर्षौँको मिहिनेतले बनाएको घर हाम्रो आँखा अगाडि डुब्न थाल्यो,’ २३ वर्षीय जुनैद खानले एएफपीलाई भने, ‘हामी सडकको छेउमा बसेर घर डुबिरहेको हेर्यौँ ।’ देशको दक्षिण-पूर्वी सिन्ध प्रान्त पनि नराम्ररी प्रभावित भएको छ । हजारौँ आफ्नो घरबाट विस्थापित भएका छन् ।

धेरैजसो विश्व सम्पदा स्थलहरू खडेरी वा बाढीको जोखिममा : संयुक्त राष्ट्रसंघ

ईरान र पाकिस्तानबाट हजारौँ अफगानी नागरिक स्वदेश फर्किए

युद्धपछिको अवस्थामा सहायता बजेट दोब्बर आवश्यक : संयुक्त राष्ट्रसंघ

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी, ४२ जनाको मृत्यु

भारतको औषधि कारखानामा विस्फोट : मृतकको संख्या ३६ पुग्यो

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

अटोपायलटले काम नगरेपछि मस्कमाथि करोडौं डलर जरिवाना हुन सक्ने

प्रतिक्रिया