अनधिकृत संरचना हटाउने काठमाडौँ महानगरको अभियानमा मेरो साथ छ : उपमेयर डंगोल

काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छन् । उनले आइतबार सामाजिक सञ्जालमा अनाधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी हुन् ।
'सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिदैँ आएको विदितै छ,’ उनले भनेकी छन्,’ ‘त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो । म महानगरपालिकाको उपमेयरको हैसियतमा छु । यो अभियानमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।’
उनले महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डाप्रति सजग र सचेत रहेको पनि स्मरण गराएकी छन् ।

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

आजदेखि धरहरा १२ घण्टा खुल्ने

सूचना आयोगद्वारा डिजिटल प्लेटफर्म सार्वजनिक

प्रतिक्रिया