त्रिकोणत्मक टी-ट्वान्टी सिरिजः पाहुना टोली काठमाडौँमा

काठमाडौँ: कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बैशाख ४ बाट त्रिकोणत्मक टी-ट्वान्टी सिरिज आयोजना हुँदैछ । नेपालका अलावा मलेसिया र नेदरल्यान्ड्सले सिरिजमा भाग लिदैछन् ।
दुबै पाहुना टोली मंगलबार काठमाडौँ आइपुगेका छन् । सिरिजको उद्घाटन खेलमा घरेलु टिम नेपाल र नेदरल्यान्ड्स भिड्नेछन् । बैशाख ५ मा हुने दोस्रो खेलमा नेदरल्यान्ड्स र मलेसिया आमनेसामने हुनेछन् ।
त्यसैगरी, बैशाख ७ मा नेपालले फेरि नेदरल्यान्ड्सको चुनौति सामना गर्नेछ । बैशाख ८ मा मलेसिया र नेदरल्यान्ड्स खेल्नेछन् अनि बैशाख ९ मा मलेसिया र आयोजक नेपाल दोस्रो मलेसिया दोस्रो पटक भिड्नेछन् । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा शीर्ष दुईमा रहने टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
खेल तालिकाः
वैशाख ४ नेपालविरुद्ध नेदरल्यान्ड्स
वैशाख ५ नेदरल्यान्ड्सविरुद्ध मलेसिया
वैशाख ६ नेपालविरुद्ध मलेसिया
वैशाख ७ नेपालविरुद्ध नेदरल्यान्ड्स
वैशाख ८ नेदरल्यान्ड्सविरुद्ध मलेसिया
वैशाख ९ नेपालविरुद्ध मलेसिया
वैशाख १० विश्राम
वैशाख ११ फाइनल

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया