पैगम्बर माेहम्मदबारे विवादास्पद टिप्पणी गर्ने भाजपा सांसद पक्राउ

नयाँ दिल्ली- भारतको दक्षिणी सहर हैदरावादमा प्रहरीले पैगम्बर माेहम्मदको बारेमा विवादास्पद टिप्पणी गरेको आरोपमा देशको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का एक स्थानीय सांसदलाई पक्राउ गरेको छ । ठाकुर राजा सिंहको टिप्पणीले ठूलो आक्रोश बढ्नुका साथै मुस्लिम समुदायबाट विरोध प्रदर्शन भएका छन् ।
दक्षिणी राज्य तेलंगानाको विधानसभामा दुई पटक विधायक बनेका सिंह प्रायः मुस्लिम विरोधी भाषणका कारण सञ्चार माध्यमको शीर्षक बनेका छन् । घृणा भाषण गरेको अभियोगमा दुई वर्षअघि फेसबुकले उनलाई प्रतिबन्ध लगाएको थियो ।
सिंहको विचार आफ्नै भएको र पार्टीको आधिकारिक धारणा विपरीत भएको जनाइएको छ । प्रहरीको प्राविधिक गल्तीका कारण अदालतले धरौटीमा रिहा गर्नुअघि सिंहलाई मंगलबार बिहान पक्राउ गरी केही समयपछि छोडिएको थियो ।
प्रहरीले प्रदर्शनकारीलाई शान्त हुन अपील गर्दै उनीहरूलाई पुनः पक्राउ गर्न लागेको बतायो । तर, प्रदर्शन जारी रह्यो । बुधबार अबेर राति ठूलो संख्यामा मुस्लिमहरू सहरका विभिन्न भागमा भेला भएर नाराबाजी गर्दै ढुंगा हानेर सिंहको पुत्ला जलाए ।

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी, ४२ जनाको मृत्यु

भारतको औषधि कारखानामा विस्फोट : मृतकको संख्या ३६ पुग्यो

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

अटोपायलटले काम नगरेपछि मस्कमाथि करोडौं डलर जरिवाना हुन सक्ने

इरानमा विनाश गर्न गएको अमेरिकी ‘बंकर बस्टर’ नक्कली !

वार्ता पुनः सुरु हुनअघि अमेरिकाले थप आक्रमण नगर्ने आश्वासन दिनुपर्छ : इरान
चीनले इयु, बेलायत, दक्षिण कोरिया र इन्डोनेसियामा एन्टी डम्पिङ स्टिल शुल्क कायम…

प्रतिक्रिया