राजुबाबुको ‘बेनामे जर्नेल’ बजारमा

काठमाडौँ- गीतकार एवं कथाकार डा. राजुबाबु श्रेष्ठको चौथो कथासङ्ग्रह ‘बेनामे जर्नेल’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, समालोचक ज्ञानु अधिकारी, र पत्रकार दीपक सापकोटाले संयुक्त रूपमा सङ्ग्रह सार्वजनिक गरे । त्यसै अवसरमा राजुबाबुका कथामा टेकेर समकालीन कथा लेखनमाथि विमर्शसमेत भयो ।
विमर्शमा बोल्दै नयनराज पाण्डेले राजुबाबुलाई लामो समयदेखि पढ्दै आएको तथा उनका देशभित्रका मात्र नभई जुनसुकै भूगोलको बलियो कथानक हुने उल्लेख गरे । ‘वास्तविक जीवनमा आफूले जे भोगे त्यही कुरालाई समाज र राजनीतिसँग जोडेर आख्यान बनाइएकाले संग्रहका कथा चाखलाग्दा छन्’, पाण्डेले भने ।
प्रा.डा. लक्ष्मणप्रसाद गौतमले कथाकार श्रेष्ठले आफैले भोगेका अनुभूति कथामा पस्केकाले उनको कथा शक्तिशाली भएको उल्लेख गरे । ‘कुनै पनि कथामा के, कहाँ र कसरीको उत्तर हुनुपर्ने भन्दै संग्रहभित्रका केही कथा माओवादी द्वन्द्वकालीन भएकोले ति पुराना भएनन् ?’ भन्दै गौतमले प्रश्न गरे ।
समालोचक ज्ञानु अधिकारीले भने कृतिमा सिमान्तीकृत पात्रहरूका कथाहरू रहेको बताइन् । उनका अनुसार महिलाको मुद्दाबाट हेर्दासमेत राजुबाबु कथा बलियो रहेका छन् । कथाकार राजुबाबुले भने आफू लेखकभन्दा द्रष्टा (देखक) ज्यादा भएको भन्दै पात्रहरूले घच्घच्याए पछि मात्र कथा लेख्ने गरेको बताए ।
इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तकभित्र पन्ध्र थान कथा समेटिएका छन् । पुस्तकको मूल्य ३ सय ९९ रुपैयाँ रहेको छ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_UoTCEpeG0T_jpnjk8qhldsyzs4iszh0pom0diekly5wwykylrhkvsqkd96vcmcg5nrxy6m7.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया