काठमाडौँ आएका भारतीय अभिनेता गोविन्दाले भने : कला र संस्कृतिबिना देशको पहिचान हुँदैन

काठमाडौँ- भारतीय अभिनेता गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताको बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अभिनेता गोविन्दाले दर्शकलहरूले कलाकारलाई सधैँ साथ दिनुपर्ने बताए । उनले नेपालसँग आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको जिकिर गरे ।
गोविन्दाले हरेक मानिसले आफूले गरेको कामलाई यादगार बनाउने हिसाबबाट अघि बढाउन आवश्यक रहेको पनि उल्लेख गरे । कला संसारको अभिन्न अंग भएको बताउँदै उनले कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध बन्ने धारणा राखे । उनले कलाकारहरुले व्यापार, व्यवसायसँगै जोडिएर कमाइ गर्ने भएकोले कलाकारका धनदाता मातापिता उद्योगी,व्यपारीहरु भएको बताए ।
भुषण दाहालले निर्देशन गर्ने सुपर डान्सर नेपाल शोको निर्णायकका रूपमा भाग लिन गोविन्दा नेपाल आएका हुन् । चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिष्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा कलाकार भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई रहेका छन् ।

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

जुनु गौतमको 'यो माया' गीत सार्वजनिक

शाहरूख खानको एउटा अन्धविश्वास, जसले सधै उनलाई हिट बनाउँछ

‘सन अफ सरदारः २’ को हिस्सा बन्न नपाएको सञ्जय दत्त दुखी

अभिनेत्री कोइरालालाई बेलायतमा सम्मान

वारः२ का निर्माताले ऋतिक रोशन र जुनिएर एनटिआरलाई दिए सरप्राइज

अवतारः ३ को पोस्टर सार्वजनिक, यसै वर्ष क्रिसमसमा हेर्न पाइने

प्रतिक्रिया