विद्यालय कर्मचारी परिषद्लाई बन्दका कार्यक्रम रोकेर वार्तामा आउन आग्रह

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय कर्मचारी परिषद्लाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरी वार्तामा आउन पत्राचार गरेको छ ।
मन्त्रालयले आज परिषद्को राष्ट्रिय समितिलाई पत्र पठाइ नेपाल शिक्षक महासंघमार्फत वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेको हो । तलब सुविधामा विभेद भएको विषयमा परिषद्ले आन्दोलन गर्दै आएको छ ।
सरकारको बजेट वक्तव्यबाट विद्यालयका कर्मचारीको तलब र ज्यालामा विभेद गरिएकाले आन्दोलन सुरु भएको हो । परिषद्ले गत साउन २३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरी माग पूरा गर्न आग्रह गरेकामा समस्याको समाधानका लागि पहल भइरहेको मन्त्रालयले जनाएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले आज बेग्ला बेग्लै विज्ञप्ति जारी गरेर परिषद्को मागप्रति सुनुवाइ गर्न माग गरेका थिए ।

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

प्रतिक्रिया