शिक्षकहरुले राजर्षि जनक विश्वविद्यालयमा लगाए ताला

जनकपुरधाम - जनकपुरधाम स्थित राजर्षि जनक विश्वविद्यालयको केन्द्रीय कार्यालयको लेखा र प्रशासन शाखामा पेपर कोर्स कन्ट्रयाक्टका शिक्षकहरूले तालाबन्दी गरेका छन् ।
आइतबार नियमावलीमा भएको व्यवस्था शिक्षक पदपूर्तिलाई व्यवस्थापन गर्न पेपर कन्ट्रयाक्टमा रहेका शिक्षकहरुका लागि उमेर हदबन्दी हटाउन भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायतका माग अघि सार्दै ती शिक्षकहरु तालाबन्दी गरेका हुन ।
उनीहरुले पूर्णकालीन शिक्षक व्यवस्थापन प्रयोजनको लागि नियमावली अनुसार स्थायी, अस्थायी वा करारको प्रक्रियाद्वारा शिक्षक पदपूर्तिलाई प्राथमिकतामा राखि यथाशिघ्र उपयुक्त र आवश्यक कार्य गर्नु पर्ने, छोटो अवधिको शिक्षक व्यवस्थापन प्रयोजनको लागि नियमावलीको व्यवस्था अनुरुप करार प्रक्रियाद्वारा व्यवस्थापन गर्न उपयुक्त र आवश्यक कार्य अघि बढाउने, वर्तमान पेपर कन्ट्रयाक्टको व्यवस्थालाई नियमानुसार यथाशिघ्र पुनरावलोकन गर्न र सम्झौता अनुसार पेपर कोर्ष कन्ट्रयाक्ट शिक्षकहरूलाई नियमानुसार एक पटकको लागि उमेरको हदबन्दी हटाउन व्यवस्था मिलाउन माग गरेको छ ।
ती शिक्षकहरूले तालाबन्दी गर्नुका साथै विश्वविद्यालयका कार्यबाहक भिसी डा. शैलेन्द्र नारायण मल्लिक, कार्यबाहक रजिष्ट्रार जुगेश्वर साह र विज्ञ डा. देवराज अधिकारीको तस्बिरमा आगजनी र सार्वजनिक गरेको रिपोर्टसमेत जलाएका छन ।
यसअघि भदौ १ गते ती शिक्षकहरूले भिसी र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका थिए । समस्या समाधान गर्न वैशाख ६ गते उनीहरूसँग वार्ता गरी वैशाख ९ गते डा. विद्यासागर बर्मा, डा. बलराम झा र अनिल साहसहित ३ सदस्यीय समिति गठन गरिएको थियो । समितिसँग समस्या समाधान गर्ने सम्झौता भएपनि कुनै चासो नलिइएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको पेपर कोर्स कन्ट्रयाक्ट संघका सचिव रविकुमार राजले बताएका छन ।

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

प्रतिक्रिया