ओलीसँग रवीन्द्र मिश्रको भेट : 'यहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ नआत्तिनु होला'

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले छलफल गरेका छन् । आइतबार साँझ ओली निवास बालकोट अढाइ घण्टा ओली र मिश्रबीच छलफल भएको हो ।
ओलीसँगको भेटबारे मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् 'आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो ।'
'तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ । नआत्तिनु होला' ओलीको भनाइ उदृत गर्दै मिश्रले भने ।
'तपाईं धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ ?' मिश्रको प्रश्नमा ओलीले जवाफ दिए 'म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु ।'
ओलीले रवीन्द्र मिश्रलाई दिएको सिक्का उपहार । तस्बिर : मिश्रको फेसबुकबाट
'उहाँका कयौँ सहकर्मीकाअनुसार ओलीजी राती १२/०१ नबजि सुत्नु हुन्न, उहाँको उर्जा र लगन अनौठो छ' मिश्रले लेखेका छन् । चुच्चे नक्सासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएका एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लिएर उपहार दिएको मिश्रले उल्लेख गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया