बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

काठमाडौँको सिको गर्दै पोखरा : भूमिगत तला खाली गरी पार्किङ प्रयोजनमा ल्याउन ३५ दिने सूचना जारी

फाइल तस्बिर

काठमाडौँ- पोखरा महानगरपालिकाले पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गराइ अन्य व्यवसाय गरिरहेकालाई ३५ दिनभित्रमा खाली गर्न निर्देशन गरेको छ।महानगरले सोमबार सूचना प्रकाशित गरी घरधनीलाई भूमिगत तलालाई खाली गरी पार्किङ प्रयोजनमा ल्याउन निर्देशन दिएको हो ।

पछिल्लो समय काठमाडौँ महानगरपालिकाभित्र नक्सा पास नगरी बनाइएको बेसमेन्टलाई खाली गराउने अभियानलाई तीव्रता दिएको छ । पोखराले पनि काठमाडौँको सिको गर्दै ३५ दिनमा बेसमेन्ट खाली गराउन निर्देशन दिएको हो ।

काठमाडौँ महानगरले पनि ३५ दिने सूचना निकालेको थियो । घरधनीले सूचनाको अवज्ञा गरेपछि मेयर बालेन्द्र शाह आफैँ डोजर लिएर बेसमेन्ट खाली गराउन हिडेँका थिए । पार्किङका लागि नक्सा स्वीकृत गराए व्यवसाय गर्न दिएकालाई महानगरले धमाधम भत्काउन थालिसकेको छ ।