यी हुन् बागमतीमा माओवादीका चुनावी कमाण्डर (सूचीसहित)

काठमाडौँ- नेकपा माओवादी केन्द्रले बागमती प्रदेशले ३३ निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोक्ने भएको छ । बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकले ३३ निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोक्न लागेको हो ।
बागमती प्रदेशको १३ जिल्लामा चुनावी कमाण्डर तोक्ने माओवादी बागमतीका अध्यक्ष सरल सहयात्रीले इकागजलाई बताए । 'चुनावी कमाण्डर तोक्ने निर्णय भएको छ तर कसलाई बनाउने भन्ने फाइनल भएको छैन' सहयात्रीले इकागजसँग भने 'भोलि लिस्ट फाइनल हुन्छ ।'
माओवादीले यी नेताहरूलाई चुनावी कमाण्डर तोक्ने तयारी गरेको छ :
काठमाडौँ- १ मा अनिल शर्मा
काठमाडौँ- २ मा कुमार पौडेल
काठमाडौँ- ३ मा बद्री बजगाईं
काठमाडौँ- ४ मा गोविन्द बटाला
काठमाडौँ- ५ मा कल्पना शर्मा
काठमाडौँ- ६ मा हिमाल शर्मा
काठमाडौँ- ७ मा रामबाबु फुयाल
काठमाडौँ- ८ मा सरिता श्रेष्ठ
काठमाडौँ- ९ मा शंकर दुलाल
काठमाडौँ- १० मा अञ्जना विसङ्खे
भक्तपुर- १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल
भक्तपुर- २ मा दिलीप प्रजापति
ललितपुर- १ मा गंगा पराजुली
ललितपुर- २ मा उर्मिला लामा
ललितपुर- ३ मा हरि दाहाल र पद्मा राई
चितवन- १ मा कन्चन खनाल
चितवन- २ मा घनश्याम दाहाल
चितवन- ३ मा रेनु दाहाल
मकवानपुर- १ मा विजय गौतम
मकवानपुर- २ मा कुमारी मोक्तान
नुवाकोट- १ हितबहादुर तामाङ
नुवाकोट- २ मा विमला सुवेदी
सिन्धुपाल्चोक- १ मा माधव सापकोटा 'सुबोध'
सिन्धुपाल्चोक- २ मा युवराज दुलाल 'शरद'
धादिङ- शालिकराम जम्कट्टेल
काभ्रे- सूर्यमान दोङ र रुकु चौलागाई
दोलखा- देवी खड्का
रामेछाप- श्यामकुमार श्रेष्ठ
रसुवा- इन्द्र गोतामे
सिन्धुली- दीर्घराज श्रेष्ठ र वसन्त माझी

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया