टिकटक बनाउनेलाई एक तोला सुन दिने 'सम्हालिन्छ कहिले मन' को घोषणा

काठमाडौं - तीजको अवसर पारेर फिल्म ‘सम्हालिन्छ कहिले मन’ टिमले टिकटक प्रतियोगिता सुरु गरेको छ । प्रतियोगितामा सहभागी भएर सबैभन्दा धेरै भ्युज ल्याउने टिकटकरले एक तोला सुन पुरस्कार जित्नेछन् । प्रतियोगितामा सहभागी हुन चाहनेहरुले तिजको व्रतको दिन मंगलबार बिहान ६ बजेदेखि ‘सम्हालिन्छ कहिले मन’ का ३ वटा गीत वा ट्रेलरका कुनै पनि कन्टेन्ट छानेर टिकटक बनाउन सक्नेछन् ।
पुरस्कार जित्नका लागि उक्त टिकटकमा #skmfilm अनिवार्य लेखिएको हुनुपर्छ । १९ भदौ अर्थात् आइतबार राति १२ बजेसम्म जसले धेरै भ्युज ल्याउँछ, उसैले पुरस्कार जित्ने निर्माण टोलीले जनाएको छ, २१ गते विजेतालाई पुरस्कार वितरण गरिनेछ ।
महिला र पूरुषले संयुक्त वा छुट्टा(छुट्टै रूपमा टिकटिक बनाउन पाउँछन् । १७ भदौबाट प्रदर्शनमा आउने ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलरसँगै तीनवटा गीत ‘जरुरी कुरा कुरा छ’, ‘हराएँ हराएँ’ र शीर्ष गीत ‘सम्हालिन्छ कहिले मन’ सार्वजनिक भइसकेका छन्। प्रतिस्पर्धीहरुले यी कन्टेन्टमा नै भिडियो बनाउन पाउनेछन् । सुदर्शन थापाको निर्देशन र एबी इन्टरनेसनलको ब्यानरमा तयार भएको फिल्ममा आकाश श्रेष्ठ, पुजा शर्मा, सोनाम तोप्देनलगायत कलाकारहरुको अभिनय छ । ‘सम्हालिन्छ कहिले मन’ अलग प्रस्तुतिसहितको त्रिकोणात्मक प्रेमकथा हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया