कमल हासनको ‘विक्रम’ बन्यो इतिहासमै सबैभन्दा धेरै कमाउने फिल्म

तमिल - कमल हासनको मुख्य भूमिका रहेको फिल्म ‘विक्रम’ तमिल भाषामा बनेका फिल्ममध्ये सर्वाधिक कमाउने फिल्म बनेको छ । फिल्मले विश्वभरबाट ४ सय ३२ करोड ५० लाख रुपैँया गरेको छ । तमिल भाषामा बनेका फिल्ममध्ये सर्वाधिक कमाइ गरेर इतिहास राख्ने क्रममा यो फिल्मले ‘बाहुबली’ र ‘रोबोट २’लाई पछि पारेको हो ।
फिल्मले भारतबाट ३ सय ७ करोड कमाइ गरेको हो भने भारतबाहिरबाट १ सय २५ करोड कमाइ गरेको हो । जुनबाट प्रदर्शन यात्रा थालेको फिल्मले बुलेट ट्रेनको गतिमा कमाइ गर्दै बक्स अफिसका रेकर्ड भत्काएको हो ।
नयाँ इतिहास बनाउने क्रममा यो फिल्मले ‘बाहुबली २’लाई ४० करोडले उछिनेको हो । ‘बाहुबली २’अघि यो रेकर्ड सन् २०१० मा बनेको ‘इथिरन’ को नाममा थियो । यो फिल्म १ करोड दर्शकले हेरेका थिए ।
यो रेकर्डलाई चार पाँच वर्षअघिको फिल्म रजनीकान्त र अक्षयकुमारको फिल्म ‘२.०’ले तोडेको थियो । उसबेला यो फिल्मले देशविदेशमा गरी २ करोड ८८ लाख कमाइ गरेको थियो । यसले हिन्दी भर्सनबाट राम्रो कमाइ गरेको थियो । लोकेश कंगराजको लेखन तथा निर्देशन रहेको फिल्ममा कमल हासनबाहेक सेतुपति र फवाद फजिल छन् । फिल्ममा सूर्याको पनि केमियो रहेको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया