प्रदेश-१ मा थपिए ३१५ कोभिड संक्रमित

बिराटनगर : प्रदेश १ मा मंगलबार ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा तीन, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम र खोटाङमा दुई/दुई, इलाम र पाँचथरमा एक/एक र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश राजधानी विराटनगरमा ६३, उर्लाबारीमा १२, बेलबारी र मिक्लाजुङमा पाँच/पाँच, लेटाङमा चार, सुन्दरहरैँचामा तीन, पथरीशनिश्चरे, कटहरी र कानेपोखरीमा दुई/दुई, ग्रामथान र बुढीगंगामा एक/एक जनामा संक्रमण देखिएको छ ।
सुनसरीको इटहरीमा ३३, धरानमा ३१, इनरुवामा छ, रामधुनीमा तीन, बराहक्षेत्रमा दुई, देवानगञ्ज र हरिनगर एक/एक र स्थानीय तह नखुलेका दुई, उदयपुरको त्रियुगामा ११, स्थानीय तह नखुलेका तीन, धनकुटाको धनकुटा नगरपालिकामा नौ र महालक्ष्मीमा चार, भोजपुरको हतुवागढी, रामप्रसाद राई गाउँपालिका र स्थानीय तह नखुलेका एक/एक, ओखलढुङ्गाको मानेभन्ज्याङ र मोलुङमा १/१, संखुवासभाको मकालु र खाँदबारीमा १/१, तेह्रथुमको म्याङलुङमा २, खोटाङको हलेसी तुवाचुङ र खोटेहाङमा एक/एक, इलामको माईनगरपालिका, पाँचथरको फिदिममा एक/एक र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय १३ पुगेको छ ।
झापाको दमकमा २७, विर्तामोडमा १४, भद्रपुरमा १०, कमल गाउँपालिकामा छ, शिवसताक्षीमा पाँच, गौरीगञ्जमा चार, गौरादह र अर्जुनधारामा तीन/तीन, कनकाई, हल्दिबारी र मेचीनगरमा दुई/दुई, बुध्दशान्ति र बाह्रदशीमा एक/एक र स्थानीय तह नखुलेका तीन जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ मा मंगलबार ५ सय १६ जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट ५ सय १०, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन् । हालसम्म प्रदेशमा डिस्चार्ज हुनेको संख्या १५ हजार ३१५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पुवा खोलामा बेलिब्रिज निर्माण, ३६ किमी दुरी छोटियो

मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते
खोक्सिकमा केन्द्रीय विद्युत्को पहुँच

भारत पुर्याइएका सात किशोरीको उद्धार

कोदो खेतीमा किसानको आकर्षण बढेन

ताप्लेजुङको नयाँ बसपार्क सञ्चालनमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

प्रतिक्रिया