'आज सहकारी दर्ता गर्ने, भोलि पैसा उठाउने र पर्सि पैसा कुम्लाएर भाग्ने परिपाटी छ'

सहकारीको क्षेत्रमा देखिएको समस्या हालको मात्र होइन । यसमा मैले देखेको कुरा अनुगमन भएको छैन। यस्तै दर्ता गर्नेले दर्ता गरिदिएपछि काम सकियो भनी बस्ने गरेको छ । त्यसमाथि चाहिनेभन्दा बढी सहकारी संस्था दर्ता भएका छन् । यस्तै दर्ता भएका संस्थाहरूलाई सञ्चालन पद्धति पनि राम्रो भएन । यो प्राविधिक पनि त होइन । तर सञ्चालन पद्धति चाहिँ केही प्राविधिक नै छ । त्यस अनुसारको सञ्चालन पद्धतिको जानकारी नभइकन सञ्चालन गरिएको र सहकारीमा पैसा उठाउने अनि ऋण दिने तथा तिर्न नसके भाग्ने गरेको उदाहरण प्रशस्त छन् ।
समस्याबाट अघि बढेको सहकारी क्षेत्र यसैगरी नै अघि बढ्यो, बढ्न दिइयो । सहकारीलाई व्यवस्थित गर्न सरकार र संलग्न दुवै निकाय असफल भएको छ । हालका सहकारी पैसा उठाउने, जग्गा खरिद गर्ने र बिक्री भयो भने पैसा आफू खाने व्याज जति सहकारीमा राख्ने गरेर सहकारी चलिरहेको थियो । हाल आएर जग्गा पनि बिक्री नहुने र साथै बजारमा तरलता समस्या पनि आयो यसले गर्दा नै सहकारीमा समस्या प्रमुख रुपमा अघि आयो ।
देशको अर्थव्यवस्थाले सहकारीको समस्या सतहमा ल्याइदियो । तरलता समस्याले ठूला बैंकहरू नै घर घरमा गएर डिपोजिट गर भन्ने अवस्थामा पुगे । ठूलो बैंकहरू नै २/४ लाखको चेक नै बैंकहरूले भुक्तानी नगर्ने अवस्था आइरहेको छ । यसको असर सहकारीमा नपर्ने भन्ने होइन पर्छ तर सहकारीको व्यवस्थित अनुगमनको एउटा त्रुटि पनि हो ।
यसमा सहकारीमा लाग्ने बोर्ड सदस्य तथा सञ्चालकहरूलाई तालिम दिनुपथ्र्यो । यसप्रकारको तालिमले पनि केही हदसम्म सहकारीलाई व्यवस्थित बनाउँथ्यो । एक त यसमा हाम्रो प्रक्रियामा त्रुटि भैसक्यो । यसमा कोही नजानेर नबुझेर बिग्रियो । कोही जानी जानी सुरुमा संस्था दर्ता गरेर आएका छन् यसमा दुईटा पक्ष दर्ता गर्ने सरकारी पक्ष र दर्ता गराउने मिलेर बदमासी गरिरहेका छन् ।
समाधान के त ?
कुनै पनि कुरा एउटा ट्रयाकमा हालिसकेपछि त्यसलाई युटर्न गर्न एक ठाउँमा त पुग्नु पर्यो नि । सहकारी क्षेत्र धेरै नै अगाडि बढेको छ । यस्तै राष्ट्रिय रुपमा पनि सहकारी बोर्डले गर्ने वर्कसपशरूमा सहकारीमा सञ्चालकहरूलाई अनिवार्य सहभागी गराएर यसको महत्व लगायतका कुरा बुझाउनुपर्छ । अर्को कुरा सहकारी क्षेत्रमा स्वः नियमनकारी पद्धति भन्छन् (सेल्फ रेगसलेटरी सिस्टम) यो सिस्टम बनेपछि त्यो संस्थाभित्र नै एक प्रक्रिया जन्माउनुपर्छ । त्यो संस्थालाई हेर्न संघ–संघलाई महासंघले तथा केन्द्रीय संघले हेर्नुपर्छ ।
पहिला पञ्चायतमा सरकारले सहकारीलाई हेरेर ध्वस्त बनायो । पछाडि हामीले अपनत्व गर्दै आएको सहकारी पनि सरकारले अनुगमन गर्ने भनेपछि व्यवस्थित हुन सकेन । अब दोष कसलाई लगाउनु ? त्यसकारण अब राष्ट्रिय सहकारी विकास बोर्डलाई नेतृत्वमा राखेर अन्य सहकारी मुभमेन्टसहितको एक अनुगमन संयन्त्र बनाएर अनुगमन गर्नुपर्छ । सहकारी बोर्डले यसले ऐन नीति नियम निर्माण गर्ने हो साथै यसलाई अनुगमनको काम पनि दिनुपर्छ ।
सहकारीका संघ, महासंघ लगयातका संस्थाहरू जुन जहाँ–जहाँ छन् । सोही विषयका सहकारी र उनीहरूको प्रतिनिधि भएर जायन्ट अनुगमन टिम बनाएर अनुगमन गर्नुपर्छ । यसरी जोइन्ट अनुगमन गर्यो भने त्यहाँ बदमासी, भष्ट्राचार पनि हुँदैन । यसबाट बदमासी गर्ने संघहरू पनि डराउँछन् र क्रमशः क्रमश सहकारी क्षेत्र सुधारतर्फ लाग्छ । हाल अनुगमनको नाममा सरकारको एउटा अधिकृत गएर कागजपत्र सबै मिलाएर अनुगमन हुँदैन । यस्तै अनुगमनले गर्दा हाल सहकारी क्षेत्र नै धरासायी भएको छ ।
हाल मिलीभगतमा कति सहकारी टाट पल्टिएको छ । सेल्फ रेगुलेटरी सिस्टम लागू गर्दा एउटा ज्वाइन्ट अनुगमन सिस्टम बनाउनुपर्छ । यस टिमको काम अनुगमन मात्रै गर्ने र हाल रहेको सहकारी विभागको काम दर्ता गर्ने र यसले यससम्बन्धी तालिम दिने हो । साथै दर्ता गर्नुभन्दा पहिले कुनैपनि सहकारीको सञ्चालकले कम्तीमा १५ दिनको अनिवार्य तालिम लिनुपर्छ । अगाडि नै दर्ता भएका छन् भने पनि सञ्चालकहरूलाई अनिवार्य तालिम लिने व्यवस्था गर्नुपर्छ ।
अब यसलाई तुरुन्तै सुधारका लागि सरकारले एउटा स्टेप लिनैपर्छ, रेगुलेसन र नियममा सुधार गर्नैपर्छ । अनुगमन सँगसँगै विभागलाई श्रोत साधन दिएर विभागको मातहतमा रहेको ट्रेन्डिङ सेन्टरमा सहकारी संघ–संस्थालाई व्यापक मात्रमा ट्रेन्ड्रिङको व्यवस्था गर्ने ।
कतिपय तालिम नपाएर बिग्रेका संस्थाहरू पनि धेरै छन् । जानी जानी बिगार्न आएका त धेरै छन् । अब राजनीतिक अस्थिरता र पहुँचको आधारमा आएकालाई त यस्ता तालिमले केही सहयोग गर्नेवाला छैन । अब म प्रधानमन्त्रीको मान्छे हुँ, म फलानो मन्त्रीको मान्छे हुँ भनेर सहकारी खोलेर ठग्ने अपराधीलाई त जे जस्ता तालिम दिए पनि केही हुनेवाला छैन । तर काम गर्दा गर्दै पनि पर्याप्त तालिम नपाएर बिग्रेका सहकारीहरूलाई भने यसले अवस्य फाइदा नै हुन्छ ।
अर्को कुरा सहकारी सदस्यहरूलाई पनि साक्षर बनाउनु अनिवार्य हुन्छ । सदस्य साक्षरता भन्ने हाम्रो सिद्धान्तभित्र नै पर्छ । यसलाई पनि गराउन सकिएको छैन् । सदस्यहरुको सेयर कसरी राख्ने, व्यवस्थापन कसरी गर्ने, विश्वास कसलाई गर्ने यस्ता धेरै कुराहरू छन् । हाल आज गएर सहकारी दर्ता गर्ने, भोलि पैसा उठाउनु जाने र उठेको पैसा कुम्लाएर भाग्ने परिपाटीले सहकारी क्षेत्र नै बदनाम हुन थालेको छ । अब यसरी हुँदैन त्यसकारण अब यसअघि जुन किसिमको आयोग गठन गरेको थियो अब यसले हुँदैन । अब यसलाई सहकारी विभाग, सहकारी बोर्ड, महासंघ, संघ लगायतको सबै पक्ष समन्वय गरेर अगाडि बढ्यो भने राम्रो हुन्छ ।
यस्तै समस्याग्रस्त घोषणा गरिसकेपछि यसको समाधान के हो त ? यसलाई पनि पहिले नै योजना बनाएर अघि बढ्नुपर्ने देखिन्छ । हुन त, केही व्यवस्था त भएका छन्, तर पनि व्यवस्थाअनुसार चल्न सकेका छैनन् । यसलाई पनि व्यवस्थित गर्नुपर्छ । हामीकहाँ राजनीतिक स्टेबिलिटी पनि छैन । स्थिरता नहुँदा सबै कुरा बिग्रने रे छ सहकारी मात्रै होइन । समग्र देश विकास गर्नेहरूमा हाल समस्या छ । हालको राजनीतिक अस्थिरताको फाइदा चाहिँ अपराधिक मानसिकता भएकाहरूले उठाइरहेका छन् ।
(राष्ट्रिय सहकारी महासंघ नेपालका पूर्व अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री बास्कोटासँग कमल धितालले गरेको कुराकानीमा आधारित)
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_7OSKmR1D51_dx2pql83aygftxnnnmhaux5ndj6xfldgtpi3sofmhq0haop7h1s0mwmiu4ij.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

एनएमबि बैंक द्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

प्रभु बैंक गण्डकी प्रदेशद्वारा ग्लोबल मनी वीकको अवसरमा वित्तीय जनचेतनामूलक र्या…

प्रतिक्रिया