खगेन्द्र लामिछानेको उपन्यास 'फुर्के'को आवरण सार्वजनिक

काठमाडौँ- लेखक तथा अभिनेता खगेन्द्र लामिछानेको उपन्यास 'फुर्के'को आवरण सार्वजनिक भएको छ । लेखक खगेन्द्रले 'फेसबुक लाइभ'मार्फत पुस्तकको भिडियो टिजरका साथमा पुस्तकको कभर सार्वजनिक गरेका हुन् ।
आफ्नो लेखन जीवनकै पहिलो उपन्यासको आवरण सार्वजनिक गर्दा उत्साहित भएका खगेन्द्र भन्छन्, 'जीवन मानिसको मात्र हुँदैन । जीवनलाई मानिसले मात्र अनुभूत गर्दैन । हरेक जीवले आ(आफ्नो ढंगले जीवनलाई आआफ्नै तरिकाले अनुभूत गर्छन् । उपन्यासको प्रमुख पात्र फुर्के नामक कुकुरको जीवनका आरोह/अवरोहमा उपन्यास केन्द्रित छ । मानिसको सबैभन्दा नजिकको साथी र संवेदनशील प्राणी कुकुरको मान्छेसँगको सम्बन्ध, मानव समाजलाई हेर्ने उसको दृष्टिकोण र उसको जीवन भोगाइका कथाहरूलाई उसकै भाषामा उपन्यास 'फुर्के'मा प्रस्तुत गर्ने कोसिस गरेको छु ।'
'संसारमा पढी पढिने मान्छेबाहेकका आख्यानमा कुकुरको कथा रहेको तथा कुकुरको विषयमा बनाइएका सिनेमाहरू सर्वाधिक रुचाइएको पाइन्छ । खगेन्द्र लामिछानेको यो उपन्यासलाई पनि पाठकले मन पराउनेमा हामी विश्वस्त छौं,' प्रकाशक बुकहिलले प्रेस वक्तव्यमा भनेको छ ।
हार्डव्याक संस्करणमा मात्रै प्रकाशन हुने उपन्यासले कुकुरको सचित्र कथा भन्नेछ । उपन्यासको आवरण स्केच समीत श्रेष्ठ, आवरण डिजाइन सचिन यगोल श्रेष्ठ र लेआउट उमेश काफ्लेले गरेका हुन् ।
बालबालिकादेखि जुनसुकै उमेरका मानिसले पढ्न मिल्ने उपन्यासको मूल्य ५०० रुपैयाँ राखिएको छ । विशेष कार्यक्रमको आयोजना गरी उपन्यास भदौ अन्तिम साता सार्वजनिक गरिनेछ ।
यसअघि खगेन्द्र लामिछानेका 'फूलानी' कथा सङ्ग्रह र 'खगेन्द्र लामिछानेका नाटक' पुस्ताककार प्रकाशित छन् ।
उनीद्वारा लिखित, अभिनीत तथा निर्देशित फिल्म 'पानीफोटो' अघिल्लो महिना प्रदर्शन भएको थियो ।

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

प्रतिक्रिया