नेपाल र अष्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनमा महत्वपूर्ण समझदारी

काठमाडौँ- नेपाल र अष्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनको क्षेत्रमा महत्वपूर्ण समझदारी (एमओयू) भएको छ ।
नेपाल सरकारका तर्फबाट जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनेशकुमार घिमिरे र अष्ट्रेलियाको सरकारका तर्फबाट त्यहाँको वैदेशिक मामिला तथा व्यापार मन्त्रालयका सचिव जन एडम्सले हस्ताक्षर गरेको अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा छ ।
विज्ञप्तिअनुसार नेपालको परराष्ट्र मन्त्रालय र अष्ट्रेलियाको परराष्ट्र तथा व्यापार मन्त्रालयका द्विपक्षीय वाणिज्य संयन्त्रको दोस्रो बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव भरतराज पौडेल हिजो आइतबार क्यानबेरा पुगेका थिए । यो संयन्त्रको बैठक भोलि मंगलबार क्यानबेरामा हुँदैछ ।
बैठकका क्रममा दुबै देशका परराष्ट्र सचिवहरुले द्विपक्षीय सम्बन्धका विविध विषय र आगामी दिनमा विभिन्न क्षेत्रमा आपसी हित र सहयोगलाई थप विस्तार तथा सुदृढ बनाउने विषयमा छलफल भएको दूतावासले जारी गरेको विज्ञप्तिमा छ ।
आज जलस्रोत व्यवस्थापनसम्बन्धी भएको समझदारीमा नदी बेसिन व्यवस्थापन (बेसिन योजना, सरोकारवालाको सहभागिता, जलविज्ञान र जल मौसम विज्ञान, सतह र भूजल सहित), ऊर्जाको लागि पानी रहेको क्यानबेरामा रहेका जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरेले सोमबार साँझ इकागजलाई टेलिफोनमा बताए ।
उनका अनुसार ऊर्जाको लागि पानी विषयमा भएको समझदारीअन्तर्गत जलविद्युत् र उद्योगको लागि पानी समावेश छ । यसैगरी खाना र कृषि लागि पानी (सिँचाइ सहित), वातावरणको लागि पानी (स्वस्थ नदीहरु र पारिस्थितिकी प्रणालीहरुसहित) छन् ।
सचिव घिमिरेले पानी र जलवायु परिवर्तन (जलवायु परिवर्तनको रुपमा पानीको उपलब्धतामा अपेक्षित प्रभावहरुको प्रतिक्रियासहित), पानी तथ्यांक (सहायक तथ्यांक व्यवस्थापन र जलस्रोत सूचना प्रणाली सहित), एकीकृत मूल्यांकन उपकरण र मोडेलहरु, एकीकृत नदी बेसिन योजनाहरुको कार्यान्वयनका लागि निर्णय समर्थन प्रणालीको विकास र कार्यान्वयन विषयमा सहमति भएको बताए ।
समझदारीमा मानव वस्तीका लागि पानी (जलवायु–संवेदनशील डिजाइन, दीर्घकालीन पानी सुरक्षा, र फोहोर पानी कब्जा, उपचार र पुनः प्रयोग सहित) क्षेत्रमा सहकार्य हुनेछ । यसैगरी ‘क्रस कटिङ’ मुद्दाहरुलाई प्रकाश पार्दै पानीसम्बन्धी नीति र संस्थागत विकास, लिंग, पानीको मूल्य निर्धारण, पानीको उपयोग दक्षता, पानी बाँडफाँट/विनियोजन, पानीको असुरक्षालाई सम्बोधन गर्ने, पानी पूर्वाधार वित्तपोषण, निजी क्षेत्रको संलग्नता र सार्वजनिक–निजी साझेदारी लगायतका विषयमा समझदारी भएको सचिव घिमिरेले बताए ।
यसैगरी नेपालको जल तथा ऊर्जा आयोग सचिवालयको संस्थागत विकास र प्राविधिक क्षमता अभिवृद्धिमा पनि समझदारी भएको छ । यसबाहेक संयुक्त रुपमा स्वीकृत हुन सक्ने सहकारिताका अन्य क्षेत्रहरुमा पनि समझदारी भएको हो ।
तस्बिरहरु: नेपाली दूतावास, क्यानबेरा, अष्ट्रेलिया

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_LysmaNlpP3_wtuyrormlpkilk8vdfuzyzndvtvihd7zclxw04yhkaofafo1if6g77jabog2.jpg)
प्रतिक्रिया