'सेयर धितोकर्जामा १२ करोडको सीमा कायम राख्ने पक्षमा छैनौं'

काठमाडौँ- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश श्रेष्ठले सेयर धितोकर्जामा रहेको १२ करोडको सीमा कायम राख्ने पक्षमा नभएको बताएका छन् ।
सोमबार आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले यस्तो बताएका हुन् । उनले चालू आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितो कर्जामा कडाई गरेको तर ४/१२ करोडको सीमामा ४ करोड हटाएर १२ मात्रै कायम गरिएको बताए ।
डा.श्रेष्ठले गत वर्ष राष्ट्र बैंकलाई सेयर धितोकर्जामा ४/१२ भनेर ट्याग नै लागेकाले १२ करोडको सीमा पनि कायम राख्ने पक्षमा नभएको स्पष्ट पारे । उनले राष्ट्र बैंकको लागि सेयर मार्जिन ट्रेडिङमा ठूलो समस्या नभएको भन्दै सेयर मार्जिन ट्रेडिङमा विभिन्न स्टुमेण्टहरुको सुरुवात हुनुपर्ने बताए । उनले विधि, सेवनका नियमहरु भए राष्ट्र बैंकलाई निर्देशन जारी समस्या नभएको बताए ।
कार्यकारी निर्देशक श्रेष्ठले सेयर कारोबारको लागि बैंकको कर्जा शून्य गर्न नसकिने जिकिर गरे । उनले बैंकको कर्जा अन्य धेरै क्षेत्रहरुमा आवश्यक भएकाले सेयर कारोबारको लागि थोरै मात्रै बैंक कर्जा प्रयोग गर्दा अन्य क्षेत्रलाई बैंक कर्जा उपलब्ध गराउन सहज हुने बताए । उनले अहिले उत्पादनका धेरै क्षेत्रहरुलाई कर्जाको खाँचो भएको बताए ।
डा.श्रेष्ठले समग्र पुँजी बजारको विकासको लागि राष्ट्र बैंक सकारात्मक रहेको उल्लेख गरे ।

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्…

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारो…

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

प्रतिक्रिया