हेटौंडामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर - मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ कठायत चोकस्थित धरान चतरा सडकखण्डमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा बिरगंज महानगरपालिका–१ बस्ने ३१ वर्षीय धर्मेन्द्र राम थारु रहेका छन् । बोलेरोको ठक्करबाट गम्भिर घाईते भएका थारुको हेटौंडा अस्पताल उपचारको क्रममा राती १० बजे मृत्यु भएको मकवानपुर प्रहरीले बताएको छ ।
सोमबार राति ९ बजेर ३५ मिनेटको समयमा हेटौँडा १८ ठुलोदमारतर्फबाट हटियातर्फ आउँदै गरेको ना ५ च २९९ नम्बरको बोलेरोले सडक छेउमा रोकी राखेको बा ४४ प ३८०२ नम्बरको मोटरसाइकल र चालक थारुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
बोलेरो चालक फरार रहेकाेमा खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया