तातोपानी नाका बन्द भएपछि कृषि पेशामा लागे व्यवसायी सापकोटा

चौतारा- विसं २०७२ को भूकम्पअघि तातोपानी नाकामा व्यापार गरेर वार्षिक लाखाँै कमाउने भोटेकोसी गाउँपालिका–१ लिस्तीका अर्जुन सापकोटाले नाका बन्द भएपछि विकल्पको रूपमा कृषि पेशा रोजेका छन् ।
सापकोटाले लिस्तीको सेमुङ र चतलीमा तीन सय ३० रोपनी जग्गा भाडामा लिएर कृषि पेशा सुरु गरेका छन् । तातोपानी नाका बन्द भएपछि रु एक करोड ५० लाखको लगानीमा कृषि व्यावसाय सुरु गरेका सापकोटाले किवी, आलु, लसुनको खेती तथा उन्नत जातका बाख्रापालन गरेका छन् ।
उनले गत वर्ष मात्र किवीबाट रु पाँच लाख आम्दानी गरेको बताए । सापकोटाले यो वर्ष किवीको मात्रै तीन हजार सात सय बिरुवा लगाउनुभएको छ र १० जना जतिलाई रोजगारीसमेत दिएका छन् ।
सापकोटाले अबका ‘केही समयमा नै कृषि व्यवसायबाट वार्षिक रु २५ लाख बराबरको आम्दानी गर्ने सोच रहेको बताए। सापकोटाले आफूले मात्रै नभएर गाउँका एक सय घरपरिवारलाई पनि आधुनिक कृषि प्रणालीमा जोडेका छन् ।
अहिले गाउँका एक सय घरपरिवार मिलेर पाँच सय रोपनी जग्गामा सामूहिक आलुखेती गरेका छन् । उक्त सामूहिक खेतीबाट यस वर्ष रु ५० लाखको आलु उत्पादन भएको छ । उनीहरूको यो उदाहरणबाट गाउँका अरु नागरिक पनि यस्तै पेशातर्फ आकर्षित भएका छन् ।
तातोपानीबाट सामान ल्याएर यहाँ र काठमाडौँमा नै व्यापार व्यवसाय गर्ने गरेका यहाँका कैयौँ स्थानीय सो नाका बन्द भएपछि यहाँ कृषि पेशा अपनाउन पनि थालेका छन् ।

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका पाँच किसान पुरस्कृत

कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत, द…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

प्रतिक्रिया