चार दिनदेखि खोलामा बेपत्ता चालकको शव फेला

रोल्पा । शुक्रबार राति भएको जीप दुर्घटनामा खोलामा खसेर बेपत्ता भएका चालकको शव ४ दिनपछि फेला परेको छ ।
रोल्पाको माडी गाउँपालिका-४ माडी खोलामा भएको जीप दुर्घटना चालक बेपत्ता भएका थिए । शव फेला पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षीय वुद्धिबहादर लामा रहेका छन् ।
इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीको टोलीले स्थानीय बासिन्दाको सहायतामा खोजतलास गर्ने क्रममा मंगलबार साढे दुई बजे शव भेटेको प्रहरीले जनाएको छ ।
शहीद मार्गको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्ती गाउँतर्फ आउँदै गरेको बा ७ च ५००२ नम्बरको उक्त जीप सडकबाट अन्दाजी १०० मिटर तल माडी खोलामा खसेर दुर्घटनाग्रस्त भएको थियो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया