पीएसजी र चेल्सी च्याम्पियन्स लिगको सेमीफाइनलमा
डिफेन्डिङ च्याम्पियन बायर्न बाहिरियो

काठमाडौँ : फेन्च क्लब पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको दोस्रो लेगमा बायर्न म्युनिकले जित हात पारेपनि अवे गोलका आधारमा समग्रमा ३-३ गोलसहित पीएसजी सेमीफाइनल पुगेको हो ।
यसअघि पहिलो लेगमा पीएसजीले बायर्नलाई उसकै मैदानमा ३-२ गोलले हराएको थियो । आफ्नो मैदानमा तीन गोल खाएको बायर्नले पीएसजीको मैदानमा एक गोल मात्रै गर्न सक्यो । त्यही अवे गोलका आधारमा पीएसजी सेमीफाइनल पुग्यो भने बायर्न म्युनिक प्रतियोगिताबाट बाहिरियो ।
गएको सिजन बायर्नले फाइनलमा पीएसजीलाई हराउँदै उपाधि उचालेको थियो । यस वर्ष भने पीएसजी बलिया टिम बार्सिलोना र बायर्नलाई हराउँदै उपाधितर्फ अघि बढेको छ ।
यस्तै चेल्सी सात वर्षपछि पहिलोपटक च्याम्पियन्स लिग फुटबलको सेमीफाइनलमा पुगेको छ । गएराती पोर्टोलाई समग्रमा २-१ गोलले हराउँदै चेल्सी सेमीफाइनल पुगेको हो । दोस्रो लेगमा पोर्टो विजयी भएपनि पहिलो लेगमा दुई गोल गरेको चेल्सी अन्तिम चारमा पुगेको हो ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया