मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बाटो खुल्यो

जनकपुरधाम : ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरेका छन् । प्रदेश २ को प्रदेशसभाबाट कात्तिक २ गते पारित भएको विधेयक मंगलवार प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन् ।
हालसम्म ३५ वटा पारित भएको विधेयक मध्ये प्रदेश प्रमुख परिवारबाट प्रमाणीकरण भएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान १३ औं विधेयक रहेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
सामाजिक विकास मन्त्री नवल किशोर साहले पेश गरेको विधेयक सभाबाट सर्वसम्मत पारित भएको थियो । प्रस्ताव पारित भएसँगै प्रदेश सरकारलाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बाटो खुलेको छ । विधेयकमा जनकपुरधामस्थित प्रादेशिक अस्पताललगायत विभिन्न अस्पताललाई विस्तार गर्ने विषय समेटिएको छ ।

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

प्रतिक्रिया