एक महिनामा साढे चार करोड बराबरको अवैध सामान बरामद

जनकपुरधाम । चालु आर्थिक २०७९/८० को एक महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट करोडौ रुपैया बराबरको अवैध सामाग्री बरामद गरेको छ ।
प्रदेशका ८ वटै जिल्लाबाट छुट्टाछुट्टै रुपमा खटिएका सशस्त्र प्रहरी टोलीले चालु आर्थिक वर्षको गएको साउन महिनामा ४ करोड ५२ लाख ४३५ रुपैया बराबरको अवैध सामानहरु बरामद गरेको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डीआईजी गणेश ठाडा मगरले जानकारी दिए ।
उनकाअनुसार भारतीय नाका हुँदै अवैधरूपमा नेपाल भित्र्याइएको कपडा, किराना, हार्डवेयर लगायत सामान बरामद गरिएको हो । बरामद गरिएका ती सामानहरु आवश्यक कारवाहीका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको छ ।
त्यसैगरी १ करोड ८४ लाख, ६५ हजार बराबरको तस्करी लगायत विभिन्न अवैध काममा प्रयोग भएको ६७ थान सवारीसाधन सशस्त्र प्रहरीले बरामद गरिएको छ भने स्रोत नखुलेको १७ लाख ८२५ रुपैयाँ सहित १९ जनालाई पक्राउ समेत गरिएको डिआईजी मगरले जनाएको छ ।
त्यस्तै सशस्त्र प्रहरीले ६ लाख ६१ हजारको चौपाया, ८ लाख १६ हजार बराबरको अवैध काठ बरामद गर्नुका साथै ५ हजार ५ सय थान विभिन्न प्रकारको लागुऔषध र ७६० किलोग्राम गाजा समेत बरामद गरेको छ ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया