क्यूएफएक्स सिनेमा र खल्तीबीच सहकार्य

काठमाडौँ - क्यू एफ एक्सले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले खल्तीसँग ३ वर्षे सहकार्य सम्झौता गरेको छ । उक्त सम्झौता अन्तर्गत अब क्यूएफएक्सका ग्राहकहरुले क्यूएफएक्स को एप-वेबका साथै खल्ती मार्फत् क्यूएफएक्सको मुभी टिकट ५० सेकेन्ड मै खरिद गर्न सक्नेछन् । यो खल्तीका ग्राहकहरुका लागि पनि उपलब्ध हुनेछ र यो सुविधा विशेष गरी खल्तीको एपमा मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यसअघि क्यूएफएक्सको मुभी टिकट खरीद क्यूएफएक्स कै वेब साइट लग इन गरि वा क्यूएफएक्सको एप बाट मात्र गर्न सकिन्थ्यो भने यो साझेदारी पश्चात क्यूएफएक्सका ग्राहकहरु र खल्ती प्रयोगकर्ताले सिधै खल्ती एप मार्फत मुभी टिकट खरीद गर्न सक्नेछन्। साथै क्यूएफएक्सको एप-वेब बाट पनि टिकट खरिद गरि खल्ती बाट पनि भुक्तानी गर्न सकिनेछ। भाद्र १ गतेदेखि लागु भएको यो सुविधासँगै क्यूएफएक्सका ग्राहकहरु र खल्ती प्रयोगकर्ताले यसरी टिकट खरिद गरेर क्यूएफएक्सको लोयल्टी पोइन्ट् र खल्ती पोइन्टस् पनि प्राप्त गर्नेछन् ।
यस सहकार्यपछि खल्तीले आगामी ३ वर्षका लागि क्यूएफएक्स सिनेमाको प्रिफड पेमेन्ट पार्टनर हुनुका साथै क्यु आर प्लेसमेन्ट र अन्य अन्स्क्रिन र अफ्स्क्रिन ब्राण्डिङ्ग र विज्ञापनसँग सम्बन्धित विभिन्न साझेदारी गर्नेछ ।
खल्ती एप भित्र गई आफूले हेर्न चाहेको मुभी, उपलब्ध क्यूएफएक्स हल, समय र सिट सजिलै केहि ट्यापमै छनौट गर्न सकिन्छ र आफ्नो टिकट खरिद गरे पश्चात क्यूएफएक्सको गोजी लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त हुनेछ साथै खल्तीमा आफ्नो बैंक लिंक गरि प्रयोगकर्ताले खल्ती लोड नगरी सिधै बैंक खाताबाटै भुक्तानी प्रक्रिया पुरा गर्न सक्नेछन् ।
यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, 'खल्तीलाई हामी हरेक नेपालीको जीवनशैलीको रूपमा स्थापना गर्ने उदेश्यका साथ अघि बढिरहेको छौं। मनोरंजन क्षेत्रमा पनि क्यूएफएक्स जस्तो प्रचलित सिनेमा हलसंग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौं। खल्ती र क्यूएफएक्स बिचको यस साझेदारीले मुभी टिकट खरिद प्रकृयालाई अझै सहज बनाउने र यसले चलचित्र प्रेमीहरू माझ निकै हर्ष छाउने आशा राख्दछौँ।'
यसैगरी यस सेवाको बारेमा बोल्दै क्यूएफएक्सका महाप्रबन्धक प्रशंसा पाण्डेले भनिन, 'क्यूएफएक्सले सधैँ ग्राहकहरुको सिनेमा हेर्ने अनुभवलाई प्राथमिकता दिँदै आएको छ, हामी आशा गर्छौँ कि खल्तीसँगको यस सहकार्यले हाम्रा सिनेमा प्रेमी ग्राहकहरुलाई थप सुविधा दिनेछ ।'

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_HFHjRI6X71_8owebn6spp262ytqgi4cwtou3bfiyiqiwacaye9h3vqjcln5hnt4tfsw4fhz.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया