सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

दुई मोटरसाइकल आपसमा ठोक्किँदा बाबु-छोराको मृत्यु

बुटवल - बुटवलको बेलवासमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अपरान्ह साढे तीन बजे भएको दुर्घटनामा रुपन्देही बुटवल १३ बेलवास बस्ने अन्दाजी वर्ष ४५ वर्षिय सोनु भट्टराई र उनका ५/६ वर्षीय छोरा निशान भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रुपन्देही बुटवल १३ बेलवासचोक स्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाईकल ट्याङकरमुनि पर्दा मोटरसाईकलमा सवार बाबु छोराको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । 

सोही मोटरसाइकलको पछाडी सवार १५ वर्षीय आयुष आचार्य तथा लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।