प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले माग्यो १५२ कर्मचारी

काठमाडौँ- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइले करारमा १ सय ५२ कृषि प्राविधिक कर्मचारीको माग गरेको छ । 'कृषि प्राविधिक कर्मचारी छनौट सम्बन्धी कार्यविधि २०७८' बमोजिम करारमा कर्मचारी माग गरिएकाले आवेदन दिन परियोजना एकाइले सूचना प्रकाशित गरेको छ ।
इच्छुक उम्मेदवारले असोज ६ गतेसम्ममा आवेदन दिइ सक्नु पर्नेछ । आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलिपल्ट आवेदन दिन सक्ने पनि सूचनामा बताइएको छ ।
एकाइका अनुसार कर्मचारीको माग संख्या थपघट भएमा संशोधित विवरण 'वेभसाइट' उल्लेख हुने छ ।
परियोजना एकाइले जारी गरेको सूचनामा कृषि अधिकृत ३६, पशु विकास अधिकृत ७, नायब प्राविधिक सहायक ८२ र नायब पशु सेवा प्राविधिक २७ जनाको माग गरिएको छ ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया