एमाले कैलालीका पूर्वअध्यक्ष तथा प्रदेश सांसद रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाडौँ - नेकपा एमाले कैलालीका पूर्वअध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । आज काठमाडौँमा आयोजित कार्यक्रममा जनमुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले थापालगायत नेताहरूलाई पार्टीमा स्वागत गरेकी हुन् ।
पार्टी प्रवेश ग्नेहरूमा एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरी लगायत छन् । स्थानीय चुनावमा अन्तरघात गरेको भन्दै थापालाई नेकपा एमालेले जिल्ला अध्यक्ष पदबाट हटाएको थियो ।
‘कैलालीमा कांग्रेस र एमालेबाट धेरै नेता कार्यकर्ता उन्मुक्ति पार्टीमा प्रवेश गर्दैछन्,’ पार्टीका नेता लक्ष्मण थारुले भने, ‘अहिले उहाँहरूका मागका विषयमा छलफल भइरहेको छ ।’ आगामी निर्वाचनबाट नागरिक उन्मुक्ति पार्टी देशको वैकल्पिक शक्ति बन्ने उनको दाबी छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया