'एमालेमा अर्बपति आयो भने टिकट हातमा केन्द्रीय सदस्य साथमा हुन्छ'

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका नेकपा एमालेका तत्कालीन अध्यक्ष रतन थापाले बाध्य भएर पार्टी छोड्नु परेको बताएका छन् । बिहीबार काठमाडौँमा उन्मुक्ति पार्टीमा प्रवेश गर्दै सुदूरपश्चिम प्रदेश सभाका सांसदसमेत रहेका थापाले आफूले पार्टी छोड्नुपर्ला भन्ने नसोचेको बताए । 'मैले ३० वर्ष बसेर सेवा गरेको एमाले पार्टी छोडेको छु । म छोड्न बाध्य भएँ,' उनले भने, 'मैले सिंगो जीवन कार्यकर्ताको हैसियतमा एमालेलाई दिएँ । मैले कल्पना पनि गरेको थिइनँ कि छोडेर अन्त जाउला भनेर । तर आज छोडेको छु ।'
एमाले बास्तविक श्रमजीवीको पार्टी नभइ धार्मिक गुरुको अनुयायीजस्तो भएको उनले टिप्पणी गरे । 'एमालेमा अर्बपति आयो भने टिकट हातमा केन्द्रीय सदस्य साथमा हुन्छ । करोडका गाडीमा नेतालाई बोक्यो भने एमालेको नेता बन्छ,' उनले भने, 'हजारसँग पाँच हजार रुपैयाँ उठाउन थाल्यो । सर्वहाराले पाँच हजार तिर्न सक्छन् त ? उनीहरूले कहिल्यै तिर्न सक्दैनन् । यो पार्टी नभइ धार्मिक गुरुको अनुयायीजस्तो भयो । मैले तीस वर्ष एमालेलाई करोडौँ दिएको छु । एक रुपैयाँ लिएको छैन । म यहाँ पनि दिन आएको हु, लिन होइन ।'
यो पनि
एमाले कैलालीका पूर्वअध्यक्ष तथा प्रदेश सांसद रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया