घूस लिएको अभियोगमा मलेसियाका पूर्वप्रधानमन्त्री रजाककी पत्नी दोषी ठहर

क्वालालम्पुर- घूस लिएको अभियोगमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी श्रीमती दोषी ठहर भएकी छन् । आर्थिक अनियमितताको आरोपमा बिहीबार उच्च न्यायालयका न्यायाधीशले ती अभियोगमा पूर्व प्रथम महिला रोजमाह मन्सुरलाई दोषी ठहर गरेको हो ।
मन्सुरलेसारावाकमा रहेको सौर्य ऊर्जा परियोजनासँग जोडिएको कूल १९४ मिलियन रिङिगट दुरुपयोग गरेको भन्दै अदालतले उनलाई दोषी ठहर गरेको हो । यसअघि उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएकी थिइन् ।
उनका पति नजिबले भ्रष्टाचार आरोपमा १२ वर्षको जेल सजाय भोग्न थालेको केही दिनपछि यो फैसला आएको हो । अभियोगमा २० वर्ष जेल सजाय र घूस रकमको पाँच गुणासम्म जरिवाना हुन्छ ।
७० वर्षीय मन्सुर विलासिताका सामान र गहनाप्रतिको आशक्तिका लागि परिचित छन् । सन् २०१८ मा प्रहरीले छापा मार्दा १ दशमलब ६ मिलियन डलर बराबरको सुन, हिराको हार, ताज र व्याग फेला पारेको थियो ।

धेरैजसो विश्व सम्पदा स्थलहरू खडेरी वा बाढीको जोखिममा : संयुक्त राष्ट्रसंघ

ईरान र पाकिस्तानबाट हजारौँ अफगानी नागरिक स्वदेश फर्किए

युद्धपछिको अवस्थामा सहायता बजेट दोब्बर आवश्यक : संयुक्त राष्ट्रसंघ

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी, ४२ जनाको मृत्यु

भारतको औषधि कारखानामा विस्फोट : मृतकको संख्या ३६ पुग्यो

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

अटोपायलटले काम नगरेपछि मस्कमाथि करोडौं डलर जरिवाना हुन सक्ने

प्रतिक्रिया