भदौ २२ सम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ- नेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
एमालेको यही भदौ १० र ११ गते सम्पन्न चौथो केन्द्रीय कमिटीको बैठकका निर्णयलाई भदौ १५ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेकाे अन्तरपार्टी निर्देशन-५ मा उम्मेदवार सिफारिसको अन्तिम मिति भदौ २२ गतेलाई तोकिएको हो ।
उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्ध, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता, निर्वाचन कानुनबमोजिमको योग्यतालगायतका आधार निर्धारण गरिएको छ ।
निर्वाचन क्षेत्र कमिटीबाट गरिने सिफारिसमा जिल्ला र प्रदेश कमिटीले रायसहित केन्द्रमा सिफारिस गर्नुपर्नेछ । समानुपातिकतर्फ सिफारिस गर्दा समावेशीताका आधारमा गर्नुपर्नेछ भने जनसङ्गठनको केन्द्रीय तहबाट एक जना महिलासहित तीन जनालाई समानुपातिकमा सिफारिस गर्नुपर्ने छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया