यसै वर्ष हुम्लामा सडक बाटो पुग्छ : प्रधानमन्त्री ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्ष कर्णाली प्रदेशको हुम्ला जिल्ला सडक सञ्जालमा जोडिने बताएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसै वर्ष हुम्लाको सिमीकोटसम्म सडक पुग्ने बताएका हुन् ।
‘सडक सञ्जालमा नजोडिएको हुम्ला सिमीकोटमा यसै वर्ष गाडी पुग्छ’ सम्बोधनका क्रममा उनले भने, ‘यसै वर्ष सिमीकोटमा सडक पुगेपछि देशका सबै जिल्ला सडक सञ्जालसँग जोडिनेछन् । यो सानाे विकास होइन् ।’
प्रधानमन्त्री ओलीले दैनिक साढे पाँच किलोमीटर सडक निर्माण भइरहेको भन्दै विकास निर्माणका काम तीव्र रुपमा भइरहेको दाबी गरे । अहिलेसम्म सडक सञ्जालमा नजोडिएको जिल्ला हुम्ला मात्रै हो ।

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

प्रतिक्रिया