भदौ २३ बाट आठाैं फर्निचर तथा फर्निसिङ एक्स्पो

काठमाडौं – नेपाल फर्निचर तथा फर्निसिङ संघले आठौं फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नैक्स नेपाल २०२२ सञ्चालन हुने भएको छ । फर्निचर तथा फर्निसिङ वस्तुहरुको प्रवद्र्धन गर्न यही भदौ २३ देखि २७ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने तयारी गरिएको हो ।
पछिल्लो समय बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । उक्त मागको करिब ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल नेपाली फर्निचर तथा फर्निसिङ उद्योग आफ्नो बजार विस्तार गनेतर्फ लागेकोले यो एक्सपो उत्कृष्ट गन्तव्य हुने आयोजकको दाबी छ ।
मेलामा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको रहने छ ।
मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर तथा फर्निसिङका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राही एक्स्पोमा आउन आयोजकले आग्रह गरेको छ ।
एक्स्पो अवलोकनकर्ताका लागि प्रवेश निशुल्क छ । यसका लागि अवलोकनकर्ताले आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ । प्रत्येक दिन डोर प्राइजका साथै दशैं विशेष छुटको व्यवस्था गरिएको छ ।
५ दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी फर्निचर र फर्निसिङ्ग सामग्रीका स्टल रहनेछन् । एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रा.लि. ले गर्नेछ । नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसि व्यवसायी महासंघले एक्स्पोलाई समर्थन गरेका छन् ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_OZdVhes5UJ_klohapahpjwlsnmh5zrvsgoer6t2rgnmztkwvllxglxczpxqgamsocidzxow.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया