लामाचौर कप : फाइनल स्थगित, उपाधि राशि बाँडियो

पोखरा । लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत वर्षाका कारण पुरुषतर्फको फाइनल खेल स्थगित भएको छ । नेपाल पुलिस क्लब र गण्डकी प्रदेश टिमबीच बिहीबार बिहान हुने भनिएको फाइनल निरन्तर वर्षाका कारण स्थगित गर्ने निर्णय गरिएको आयोजक नवआदर्श सामुदायिक विकास समाजले जनाएको छ ।
समाजका अध्यक्ष बिहीबार विज्ञप्ति जारी गर्दै रेश्मा शेरचन अधिकारीले पोखराको मौसम अझै केही दिन प्रतिकुल नहुने भएको फाइनल र तेस्रो स्थानको खेल स्थगित गरिएको जनाकारी दिएकी हुन् । आयोजक नवआदर्श सामुदायिक विकास समाज, जुरी निर्णायक तथा सम्बन्धित टिमका टिम व्यवस्थापक, टिम कोच, क्याप्टेन सहितको बैठकले खेल स्थगित गरी पुरस्कार बाँडेर लिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जसअनुसार प्रथम र दोस्रो पुरस्कार वापतको रकम जोडेर हुने कुल २ लाख ५० हजार २ सय २२ रुपैयाँ आधा आधा बाँडेर लिने निर्णय भएको हो । जसअनुसार नेपाल पुलिस क्लब र गण्डकी प्रदेशको टिमले रकम बाँडेर लिएको सूचना तथा संचार उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए ।
तेस्रो स्थानको लागि प्रतिस्पर्धाको तयारीमा रहेका त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एफिएफको टिमले तेस्रो स्थानवापत प्राप्त हुने ५० हजार १ सय ११ रुपैयाँ बाँडेर लिएका छन् । प्रथम र तेस्रो स्थानवापत प्राप्त हुने ट्रफी समेत थप गरी प्रदान गरिएको छ । बुधबार भएको महिलातर्फको भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ ।
न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै साविक विजेता पुलिसले उपाधि सहित १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गरेको हो । नवआदर्श सामुदायिक विकास समाजले हरेक वर्ष तीजको अवसरमा तीज महोत्सवमा महिला राष्ट्रिय भलिबल प्रतियोगिता गर्दै आएकोमा यसपालि पुरुषतर्फको विधा थप गरिएको थियो । प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएका थिए ।

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_wbyoDIpqDY_5mvcdpof0hgzev6u5ystd2ydg55gudshvihxmihitfp3ruaxk5fjjw7qjdam.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

प्रतिक्रिया