विद्यालयको जग्गा एकातिर, पास अर्कैतिर

खोटाङ- खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको पञ्चमीस्थित रोशाभञ्ज्याङ प्राविको नाममा फरक कित्ताको जग्गा पास भएको खुलेको छ ।
२०४५ सालमा स्थापना भएको विद्यालयलाई स्थानीय ओमबहादुर थापा (राजन)ले निःशुल्क एक रोपनी जग्गा उपलब्ध गराएको तर पास गर्ने बेला अर्कै ठाउँको जग्गा पास भएको खुलेको हो ।
जग्गा दाता थापाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरेर विद्यालय सञ्चालन हुँदै आएकोमा २०७२ साल जेठ २८ गते जग्गा पास गरिएको थियो । तर, कित्ता नम्बर १७ बाट कित्ता काट गरेर पास गर्नुपर्नेमा कित्ता नम्बर १५ बाट कित्ता काट गरेर विद्यालयको नाममा पास गरिएको खुलेको हो ।
दिइएको जग्गा एकातिर, पास अर्कैतिर भएपछि हाल विद्यालय अप्ठ्यारोमा परेको छ । कतिपयले जग्गादाताले नियतवश अर्कै ठाउँको जग्गा पास गरिदिएको आरोप लगाइरहेका छन् । जग्गादाता परिवारले भने भुलवश अर्कै कित्ताको जग्गा पास भएकाले सो जग्गा फिर्ता गर्न र विद्यालय रहेको जग्गा पास गरिदिने बताइरहेका छन् ।
जग्गादाताले विद्यालय बनाइएकै ठाउँको जग्गा पास गरिदिने प्रतिबद्धता जनाए पनि विद्यालयको नाममा पास भइसकेको जग्गा फिर्ता गर्न मन्त्रिपरिषद्को निर्णय चाहिने भएकाले समस्या सिर्जना भएको प्रअ जर्ण चाम्लिङले बताए ।
हाल विद्यालयको चार वटा भवन छ । एक बाहेक सबै भवन जीर्ण छ । यस शैक्षिक–सत्र ४५ विद्यार्थी भर्ना भएका छन् । पठन–पाठन नियमित नभएपछि विद्यार्थी अन्य विद्यालय गएको अभिभावक बताउँछन् । केही समयअघि चाम्लिङ प्रअ बनेर आएपछि हाल विद्यालय सुधारको प्रयास सुरु भएको अभिभावक खगेन्द्र राईले बताए । न्युज कारखाना

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

प्रतिक्रिया