‘दुई वर्षभित्र हरेक नेपालीको घरमा बिजुली’

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले २ वर्षभित्र सबैको घरमा विद्युत जडान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले हाल ९५ प्रतिशत जनताको घरमा विद्युत जडान भएको उल्लेख गर्दै २ वर्षभित्र सबैको घरमा जडान गर्ने सरकारको योजना रहेको बताएका हुन् ।
उनले विद्युत खपत बढाउनका लागि पनि सबैलाई पुनः आह्वान गरिन् । मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको मन्त्री भुसालले स्पष्ट पारिन् । विद्युत खपत बढाउन सरकारले अभियाननै संचालन गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले २ वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गरे । उनले आन्तरिक खपत बढाएर पनि मुलुकमा ५ वर्षपछि वार्षिक रुपमा २ खर्बको विद्युत निर्यात गर्ने योजना रहेको पनि बताए ।
प्रबन्ध निर्देशक घिसिङले विद्युतको खपत बढाउन जनचेतनाको अभिवृद्धि गर्ने र पूर्वाधार विकासमा जोड दिइएको समेत बताए ।

अरुले आएर देश बनाइदिन्न, हामी सबै मिलेर विकास गर्नुपर्छ : केपी शर्मा ओली

मुलुकलाई कंगाल बनाउने भ्रष्ट्रचारीको अन्त्य नगरी सुशासन र समृद्ध आउँदैनः ज्ञाने…

निरंकुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो: प्रचण्ड

राजेन्द्र लिङदेनसहितका राप्रपा सांसद र नेता रिहा

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

‘याक संरक्षणका लागि सङ्गठित प्रयास आवश्यक’
सगरमाथा संवादको तयारीका लागि हिमाली संवाद गरिँदै

प्रतिक्रिया