‘फातसुङ’को अंग्रेजी संस्करण भारतको जेसीबी पुरस्कारको सूचीमा

काठमाडौँ - छुदेन काबिमो लिखित उपन्यास ‘फातसुङ’को अंग्रेजी अनुवाद ‘सङ अफ दि सोइल’ भारतको प्रतिष्ठित पुरस्कार जेसीबी प्राइजको सूचीमा परेको छ । लेखक छुदेनले सामाजिक सञ्जालमा यसको जानकारी दिँदै नेपाली कथा पुरस्कारको मनोनयनमा परेकोमा दंग परेको प्रतिक्रिया दिएका छन् ।
उनले लेखेका छन्, ‘पुरस्कार जित्नु नजित्नु अब दोस्रो कुरा भयो । यहाँसम्म आइपुग्दा नेपाली साहित्यले धेरै कुरा जितिसक्यो ।’ सन् २०१८ मा स्थापना भएको यो पुरस्कार अं्रग्रेजी भाषामा लेखिएका कृतिलाई प्रदान गरिँदै आएको छ । आयोजकले पहिलो चरणमा लामो सूची सार्वजनिक गरेको हो । यसमा ‘सङ अफ दि सोइल’बाहेक बाँकी ९ पुस्तक समावेश छन् ।
सेम्टेम्बरमा अन्तिम सूची सार्वजनिक गरिने आयोजकले जनाएको छ । यो पुस्तकलाई नेपालीबाट अंग्रेजीमा अजित बरालले अनुवाद गरेका हुन् । यो पुरस्कारको राशि २५ लाख भारतीय रुपैँया रहेको छ । गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा लेखिएको उपन्यासले असफल आन्दोलनले बिचल्ली पारेको सपनाको कथा प्रस्तुत गर्छ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_UoTCEpeG0T_jpnjk8qhldsyzs4iszh0pom0diekly5wwykylrhkvsqkd96vcmcg5nrxy6m7.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया