दार्चुलामा गौराको रौनक

दार्चुला- जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं ३ मा आज गौरा पर्व मनाइँदै छ । आज अष्टमी तीथिका दिन लाग्ने गौरा जिल्लाकै ठूलाे गौरा हुने पौराणिक किम्बदन्ती रहेको मालिकार्जुन पर्यटन विकास पूर्वाधारका सचिव जनक सिंह धामीले बताए ।
उनका अनुसार दार्चुलामा हुने गौरा पर्व प्रदेशकै ठूलाे हुने अनुमान गरिएको छ ।
विशेषगरी महिलाहरूले मनाउने यस पर्वमा भक्तजनहरूको निकै घुइँचो लाग्ने गर्छ । साे पर्वमा मालिकार्जुन गाउँपालिका, शैल्य शिखर नगरपालिका, महाकाली नगरपालिका र लेकम गाउँपालिकाका मानिसहरू आउने गर्दछन् ।
श्रदालु भक्तजनहरूले यस मन्दिरमा पूजा आराधना गर्ने र टीका भेटी चढाउने परम्परा रहीआएकाे छ । मालिकार्जुन मन्दिरमा चढाएको टीका भेटी कम्तिमा आजको दिनमै ५०/६० हजारसम्म हुने अनुमान गरिएको छ ।
मालिकार्जुन मन्दिरमा लागेको गौरा पर्व निकै शान्त र मर्यादित भएको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा सिंह धामीले बताए ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया