झापामा प्रथम राष्ट्रिय धामीझाँक्री सम्मेलन

काठमाडौँ - नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले धामीझाँक्रीमा वर्ग, लिङ्गजस्ता कुनै पनि किसिमको विभेद् नहुने बताएका छन् । धामीझाँक्री समाजको अभिन्न अङ्ग भएकोे भन्दै उनले धामीझाँक्रीलाई समाजमा अझै पनि उच्च स्थानमा राख्ने गरिएको बताए ।
नेपाल राष्ट्रिय धामी वैद्य संघद्वारा आज झापाको विर्तामोडमा आयोजित प्रथम राष्ट्रिय धामीझाँक्री सम्मेलन तथा ‘नेपाली धामीझाँक्री संस्कृति तथा परम्परागत उपचार पद्धति’ विषयक पुस्तक लोकार्पण कार्यक्रममा गुरुङले धामीझाँक्रीलाई हेयका दृष्टिले हेर्न नहुने धारणा राखे ।
झाँक्रीविद् एवं पुस्तकका परिकल्पनाकार भोलानाथ बाँस्तोलाको अनुसन्धान, निर्देशन र प्रकाशनमा प्रकाशित पुस्तकमा २० जना धामीझाँक्रीको अनुभव समेटिएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृतिविद् डा भक्त राईले धामीझाँक्री परम्परा र विज्ञान, नेपाल संस्कृत विश्वविद्यालयका तन्त्रविद् डा माधवप्रसाद लामिछानेले धामीझाँक्री परम्परासँग वैदिक र तान्त्रिक सिद्धान्तको अन्तर सम्बन्ध, पुस्तकका सम्पादक सापकोटाले बलि परम्परा, पञ्चतत्व, पाञ्चायन देवता र तन्त्र र झाँक्रीविद् बाँस्तोलले लोकसंस्कृति र परम्परामा झाँक्रीको स्थान साथै धामीझाँक्रीले चलाउने सामग्रीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रु एक करोड ६० लाखको लागतमा अर्जुनधारा–७ स्थित जरुवामा निर्माण हुने संघको भवनसहित सङ्ग्रहालय र गुफा घरको गुरुयोजनासमेत सार्वजनिक गरिएको थियो । सो समारोहमा गुरु डिल्लीराम आचार्य, छविलाल रसाइली, डिल्लीराम बाँस्कोटा, खडानन्द अधिकारी, गोगलाल राजवंशी, दलबहादुर लक्सम, बाबुलाल दनुवार, मीनकुमार दनुवारले झाँकी र मुकुट प्रदर्शन गरेका थिए । सम्मेलनमा झापासहित ताप्लेजुङ, इलाम, मोरङ र धनकुटा गरी पाँच जिल्लाका धामीझाँक्री सहभागी भएका थिए ।
रासस

भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत

ठमेलमा होली हंगामा हुँदै

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

हराउँदै ढिकीजाँतोको प्रचलन

प्रतिक्रिया