हेटौंडा उपमहानगर : सय दिनको समीक्षामा गुनासाका चाङ

मकवानपुर- स्थानीय तह निर्वाचन २०७८ मा गठबन्धनबाट चुनाव जितेर आएपछिको सय दिनमा भएका प्रगतिबारे जानकारी गराउन आयोजित कार्यक्रममा हेटौंडा उपमहानगर प्रमुख मिनाकुमारी लामाले गुनासोको बेलीविस्तार लगाइन् ।
नगरप्रमुख भएर आएपछि नगरपालिकाको कार्य प्रगतितर्फभन्दा आफन्तलाई चित्त बुझाउन अग्रसर भएको आरोपप्रत्यारोप खेपिरहेकी लामाले आफैँले आयोजना गरेको कार्यक्रममा आफूमाथि लागेको गुनासाहरू आफैँ सार्वजनिक गरिन् ।
लामाले भ्रष्टाचारको आरोपमा जनप्रतिनिधिलाई असफल बनाउने खेल भएको आरोप लगाइन् । लामाले अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा बेनामी र फर्जी उजुरी हालेर जथाभावी भ्रष्टाचार भएको भन्ने आरोप हेटौंडा उपमहानगरमाथि लगाइएको बताइन् । भ्रष्टाचार भएको प्रमाणित भए आफू हदैसम्मको कारबाही भोग्न तयार रहेको लामाले जिकिर गरिन् ।
लामाको नेतृत्व आएपछि मात्रै हेटौंडा उपमहानगरपालिकामा ६० वटाभन्दा बढी उजुरी परिसकेको छ ।
हेटौंडा उपमहानगरपालिकाले एक सय दिनको प्रगति प्रतिवेदन सार्वजनिक गर्न कार्यक्रम गरेको थियो । उपमहानगरपालिकाले हेटौंडामा पत्रकार सम्मेलन गरेर आफूले अगाडि बढाएको कार्यबारे जानकारी दिएको हो ।
उपमहानगरपालिकाले यस अवधिमा प्रत्येक घरधुरीलाई दश हजार लिटर खानेपानी निः शुल्क वितरण सुरू गरेको, उपमहानगरका अतिविपन्न १५४१ परिवारलाई स्वास्थ्य बीमा गरिएको नगरप्रमुख लामाले जानकारी दिइन् । यसैगरी नगरमा तीनपांग्रे सवारी पार्किङ व्यवस्थापनको पहल स्वरुप स्टिकर टास्ने कार्य सुरू गरेकाे लामाले बताइन् ।
नगरपालिकाले हालसम्म मयुरी ३०३ र अटो १ हजार १२२ गरी जम्मा १ हजार ४२५ तीन पांग्रे सवारीमा स्टिकर टाँसेको छ । यसैगरी रेडक्रससँग सम्झौता गरी चालू आर्थिक वर्षमा नगरवासीहरूलाई निःशुल्क रक्तसेवालाई नवीकरण गरिएको जनाएको छ ।
यो सेवा अघिल्लो आर्थिक वर्षमा नै निर्णय भएको थियो । लामाको कार्यकाल सुरू भएपछि हटिया र पदमपोखरी स्वास्थ्य चौकीको स्तर वृद्धि गरी आधारभूत अस्पतालको रूपमा सञ्चालन गरी हाललाई ओपीडि, प्रयोगशाला र स्वास्थ्य बीमाको औषधि वितरण गर्ने प्रयोजनका लागि चिकित्सक भर्ना प्रक्रिया र बीमा सेवा अनुमति प्रकृया अगाडि बढाइएको जनाएको छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया