सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु

सांकेतिक तस्बिर

रौतहट- रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिकाको वडा नम्बर २ गेडीगुठीमा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

आइतबार करिब १ बजेको समयमा नुहाउने क्रममा धारामा लगाएको मोटरबाट करेन्ट लागेर स्थानीय दिनेश सहनीकी अन्दाजी १४ वर्षीय छोरी अम्बिकाकुमारी सहनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।