‘आशिकी ३’ मा कार्तिक आर्यन, अनुराग बसु निर्देशक

मुम्बई - ‘भूलभूलैया २’को सफलताले कार्तिक आर्यनलाई भ्याइनभ्याइ छ । केही दिन अघिदेखिबाट मात्र ‘सत्यप्रेम कि कथा’को सुटिङ सेट ज्वाइन गरेका कार्तिक आर्यनले अर्को नयाँ फिल्म हस्ताक्षर गरेको खबर छ । खबरअनुसार कार्तिक आर्यन ‘आशिकी’ शृंखलाको तेस्रो भागका लागि अनुबन्ध भएका हुन् । विशेष भट्टले निर्माण गर्ने यो फिल्मलाई अनुराग बसुले निर्देशन गर्नेछन् ।
महेश भट्टले निर्देशन गरेको पहिलो भागमा राहुल रोय मुख्य भूमिकामा थिए । संगीतका कारण यो फिल्म उसबेला सुपरहिट भएको थियो । यसको धेरै वर्षपछि बनेको दोस्रो भागलाई मोहित सुरीले निर्देशन गरेका थिए जसमा आदित्यरोय कपुर र श्रद्धा कपुरले डेब्यू गरेका थिए ।
पहिलो भाग झैँ यो भागमा पनि सुपरहिट भएको थियो । तेस्रो भागका लागि कार्तिकको जोडी को रहने भन्ने चाहिँ टुंगो भइसकेको छैन । कंगना रनावतको ‘ग्याङस्टर’मा सहकार्य गरेका अनुराग बसु र विशेष फिल्मको यो दोस्रो सहकार्य हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया