‘कमेडी क्लब विथ च्याम्पियन्स’ को २६ अंके सेलिब्रेसन

काठमाडौँ- नेपाल टेलिभिजनबाट तथा ओएसआर डिजिटलबाट प्रसारण भइरहेको चर्चित कमेडी रियालिटी सो ‘कमेडी क्लब विथ च्याम्पियन्स’को टिमले कार्यक्रमको सेलिब्रेसन गरेको छ । सो प्रसारणको २६ भाग पुगेको अवसरमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै केक काटिएको हो ।
सोका निर्देशक विशाल भण्डारीले सुरुवातमा कार्यक्रमलाई अगाडि बढाउन केही गाह्रो भएपनि अहिले दर्शकको माया पाउँदा खुसी लागेको बताए । सुरुवातमा युट्युबमै भ्यूज नपाउँदा समस्या भएपनि अहिले हरेक सो १० लाखभन्दा बढीले युट्युबमा हेरेको भन्दै उनले नयाँ नयाँ सोचका साथ सोलाई अगाडि बढाउने बताए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका हास्य कलाकार दीपकराज गिरीले भने–‘पहिलो भागमा म अतिथिको रुपमा पुगेको थिएँ । सो समयमा कलाकारहरुले मलाई हसाउन सकेनन् । तर, अहिले सो गज्जब तरिकाले अगाडि बढिरहेको छ । यो सोमा सहभागी भाइबहिनीको प्रगति देखेर खुसी लागेको छ ।’
यस्तै, सोकी अध्यक्ष दीपाश्री निरौलाले पनि नयाँ पुस्ताले कमेडीलाई नयाँ तरिकाले अगाडि बढाएको भन्दै खुसी व्यक्त गरिन् । उनले, सोमा काम गर्दा पारिवारिक वातावरणमा रमाइलो शैलीमा काम गर्ने गरेको पनि खुलाइन् ।
‘कमेडी क्लब विथ च्याम्पियन्स’को अबको बाँकी भाग कमेडियन विक्की अग्रवालले निर्देशन गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइयो । १० भागसम्म विक्कीले नै निर्देशन गरेको सोको बाँकी भाग विशालले अगाडि बढाएका थिए । तर, अब बाँकी भाग विक्कीले नै सुरु गर्नेछन् ।
यो सोमा सुमन कार्की, कैलास कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, विक्की अग्रवाल, मेक्सम गौडेलले आफ्नो प्रस्तुति दिँदै आएका छन् । कार्यक्रममा सबै कलाकारहरुले दर्शकले दिएको माया कारण हरेक साता केही नयाँ गर्न मन लाग्ने सुनाए । कि एड्भटाइजिङ र थर्ड आई प्रोडक्सनसँग मिलेर यो सो निर्माण गरेको हो । यो सो आउँदो वर्षको असार मसान्तसम्म चल्नेछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया